गजल-४

गजलकार

सुरेश वाग्ले
बोस्टन अमेरिका

सम्झे पनि तिम्रो याद, बिर्से पनि तिम्रो याद
एकैछिन अल्मलिन्छु, आउँछ अनि तिम्रो याद

कैले आउँछ जूनजस्तै, कैले मीठो धूनजस्तै
कैले मुटु घोच्ने तिखो, काँडा बनी तिम्रो याद

झुल्क्यौ अनि अस्ताएर, कहाँ पुग्यौ रात पर्यो ?
भुल्न खोज्छु ताराहरू, गनिगनी तिम्रो याद

धेरैपल्ट सम्झेको छु, यसैगरी तिमीलाई,
एकपल्ट गरेँ फेरि, बिर्सूँ भनी तिम्रो याद

सम्झे पनि तिम्रो याद, बिर्से पनि तिम्रो याद
एकैछिन अल्मलिन्छु, आउँछ अनि तिम्रो याद

2 Replies to “गजल-४”

Leave a Reply

Your email address will not be published. Required fields are marked *