गजल ५१७
लीला चम्लागाँई
मासाचुसेट्स, अमेरिका
कहिले माया गुलाब त पात पनि हो
कहिले साथ नछुटाउने हात पनि हो
बल्ल तल्ल जोडिएको मनको सानो फूलबारी
त्यही फूलमा सित झार्ने प्रभात पनि हो
कहाँ बन्छ माया पनि सधैँ भरि न्यानो
कहिले प्रकाश छेक्ने कालो रात पनि हो
नजरबाट दूर हुँदै अन्त कतै सर्छ जब
अनि व्यथा पोख्ने मुलाकात पनि हो
विचार छन् अनेक अनेक परिभाषा अनेक
“लीला” भन्छ जिउनलाई सौगात पनि हो