गजल ५१८

टेक भण्डारी
एडिलेड, साउथ अस्ट्रेलिया

के गरौँ म बेरोजगार छु,कतै काम छैन
तिम्रै हुने मन छ,तर गोजीमा दाम छैन।

काम छैन दाम छैन,मन भएर के गरौँ
तर यो मनभित्र, कुनै छल’छाम छैन।

अब कसरी धन कमाऊँ, सिन्दूर किन्न ?
फेरि यो दिलमा,अरू कसैको नाम छैन।

गरिबको दिन कहिले आउला,सोच्दै छु
मनको व्यथा लुकाउन, कुनै खाम छैन।

मेरो विश्वास तिमी हौ,अरू कोही छैन
तिमी बिना मेरो लागि,जुन घाम छैन।

यो सङ्कटलाई पार लाउने मन्त्र खोज्दै छु
दिनरात खोजी रहेछु,कत्ति विश्राम छैन।

तिमी सिता बनेर, प्रेम समर्पित गर्दै छौ
म बाहेक तिम्रो लागि,अरू कुनै राम छैन।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *