गजल ५२७

दुःखी अतुल
अमेरिका

जिन्दगी सार्थक पार्ने उपाय अरू थाहा छैन
मलाई आत्मविश्वास सिवाय अरू थाहा छैन

आफ्नै बाद्वारा घरभित्रै बलात्कृत भएकी छिन्
अब छोरीले पाउनै पर्छ न्याय अरू थाहा छैन

जित्ने इच्छा भए प्रलयसित नि भयभीत नहुनु
यही हो मेरो आधारभूत राय अरू थाहा छैन

सखीले मेरो मृदुल दिल चोरेर फरार छिन्
उनीलाई प्रेमले दिनु पर्छ सजाय अरू थाहा छैन

खरिद गर्ने मान्छे भेट्न असम्भव कहाँ छ र
दुःखी छु, गर्छु दुःखकै व्यवसाय अरू थाहा छैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *