गजल ५२९
मदन दुलाल
अमेरिका
ढुङ्गो बोल्दैन,माटो बोल्दैन चिहान बोल्दैन
लाटा सिधा मर्या मरै छन् विधान बोल्दैन
तिमी हुँदा साथमा मनै चङ्गा भएको थियो
तिम्रो अभाव छ प्रिये रातमा सिरान बोल्दैन
चुपचाप आउँछ चुपचाप गर्छ सबै बिगार्छ
म आउँदै छु तिम्रो सहर तुफान बोल्दैन
बलवानले बलहीनलाई मारी सक्दा पनि
मै हुँ भन्ने माथि बस्ने भगवान् बोल्दैन
शरीर जोत्छ पसिना रोप्छ र श्रम फलाउँछ
आफू मरी अरू बचाउँछ तर किसान बोल्दैन
जीवनको अङ्क गणित यति साह्रो कठिन हुँदा
समस्याको निदान हेतु ज्ञान बोल्दैन विज्ञान बोल्दैन