गजल ५४२

अबिलाल राई
बेलडाँगी, दमक तिन

जाडो छल्ने न्यानो नाना छैन हजुर
भोक लाग्दा पेटभरि खाना छैन हजुर ।

वर्षा याममा झरीले रात दिन रुझाउँछ
ओत लाग्ने राम्रो छाना छैन हजुर ।

इष्टमित्र आफन्त परिवार सबै टाढिए
बिछोडको गीत गाउने गाना छैन हजुर ।

शिक्षा स्वास्थ्य सबै राहत कटौती गरिदिए
हाम्रो निम्ति बोलिदिने राना छैन हजुर ।

नक्कली शरणार्थी काण्डले झनै मन रुवायो
अपराधीलाई सजाय दिने ठाना छैन हजुर ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *