गजल ५४६

अबि बाबु अधिकारी
पेन्सिल्भिन्या, अमेरिका

तिम्रो झुट बोल्ने बानीले देश डुबाएको छ।
नेता भनाउँदा खरानीले देश डुबाएको छ ॥

आऊ फर्काएर लैजाऊ यो मायाको चिनु।
तिम्रो उर्लँदो जवानीले देश डुबाएको छ॥

ए सरकार तेरो आँखा अब कैले खुल्छ ?
तस्करहरूको लगानीले देश डुबाएको छ॥

मौलिक राष्ट्र , स्वतन्त्रता सित्तन् बनाएर।
ह्विस्की,सोडा,पानीले देश डुबाएको छ॥

आफ्नो सिङ्गो इतिहासलाई कतै सेलाएर।
स्टालीनको कहानीले देश डुबाएको छ॥

Leave a Reply

Your email address will not be published. Required fields are marked *