गजल-५

रोशनी खनाल
बोस्टन अमेरिका
तिमी भेटेपछि लाग्यो फूलजस्तै फूल्ने रहर
तिमीभित्रै हराएर दुनियाँ नै भुल्ने रहर
छरपस्ट किताब हुँ म सम्हालेर राख तिमी
मलाई पनि लागेको छ तिमीलाई बटुल्ने रहर
आऊ हामी शुरु गरौँ यो मायाको अमरयात्रा
चाहाना छ तिमीसँगै सारा संसार डुल्ने रहर
‘रोशनी’को संसारमा अन्धकार छाउँदैन
आऊ गरौँ दुबै हामी आकासजस्तै खुल्ने रहर