गजल-६

अर्जुन प्रधान
बेलडाँगी

माटोसँग मिल्ने शक्ति देउ मरे पछि
हार्दाहार्दै जित्न सिकें बानी परे पछि

सबले भन्थे फूलबारीमा फूल सुवासको
छानीछानी रोजेर लानुपर्छ रङ्ग भरे पछि

मनले मनसँग बातचित गरायो मेचीसम्म
भनिन् हामी एक भयौ सुनकोश तरे पछि

दुःख, सुखको जिन्दगी रहेछ दुई किनारा
उसले हात हल्लाइ  म ओराली झरे पछि

Leave a Reply

Your email address will not be published. Required fields are marked *