गजल-८५

त्रिबिक्रम अधिकारी / लेक्सिङ्टन, केन्टुकी, अमेरिका

किन होला आजभोलि उनी आउन छोडिन्,
चोखो माया बिर्सिएर अर्कैतिर मोडिन्,

सँगै जिउने सँगै मर्ने भन्ने गर्थिन् उनी,
धन्सम्पत्ति नै प्यारो भा‘छ, मिठो माया तोडिन्,

वाचा बन्धन, कसमहरू झूटा भए आज,
अजम्बरी चिनो अनि उपहार सबै फोडिन्,

अतीतका पलहरु सम्झिँदा, दुख्ने गर्छ मन,
दुई मुटुको मिलन टुक्र्याई , अर्कैसित जोडिन्,

परेली भिजाई मेरो आज, निस्ठुरी बनिन् उनी
गुलाफको फूल मग्मगाउँदैथ्यो , अर्कै फूल गोडिन् ।

2 Replies to “गजल-८५”

  1. chakra Acharya(welkin Siskin)

    You have beautifully lamented on your article of the lost love or the going-to-be out of hand one…. Though it is flawless and savoring!
    Wish to get more of the articles alike…

Leave a Reply

Your email address will not be published. Required fields are marked *