गजल-८६

गजलकार
गजलकार

क्षितिजको मित्र प्रकाश धमला
अष्ट्रेलिया

बिरानो ठाउँमा रोप्दैछु भाग्य आइँन  दशैँमा
आमा र बाको हातबाट टिका लाइँन  दशैँमा

आँगन लिप्दै सुन्तोलीसंग गफ हुन्थे मायाका
कमेरे माटो आधा  बोक्न पाइँन  दशैँमा

रोटेपिंग खेल्दै रमाएको  क्षण  ताजैछ मनमा
एक्लो  रुदै बिजयको गित गाइँन दशैँमा

पूर्व र पश्चिम दूर झैँ भयो भेटघाट हुँदैन
क्षितिजको मित्र क्षितिजपारि छाइँन दशैँमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *