गजल-८७

बासुदेव ओस्ती / क्यानाडा

जीवनको यो घडीमा मायाप्रीती लाऊँ प्रिये
बाचा बन्धन गर्नलाई मन्दिरमा जाऊँ प्रिये।

तिमीलाई सम्झँदामा मेरा सारा दु;ख हट्छन
सधैं सुख चाहन्छु म मेरो घर आऊँ प्रिये।

तिम्रा लागि जे जे पनि गरिदिन्छु म त
मलाई ढुक्क पार्नलाई आजै कशम खाऊँ प्रिये।

तिम्रो माया मेरा लागि ओखतिझैं भएको छ
यदी तिमी न आएमा हुने भयो घाउ प्रिये।

मृत्युशय्या पुगिसकें तिम्रो माया गरिरा‘छु
अर्को जन्म पाएँ भने तिमीलाई नै पाऊँ प्रिये ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *