गजल-८८

गजलकार
गजलकार

मञ्जु खड्का
एनएच, अमेरिका

कस्तो रहेछ भाग्य मेरो रात बित्यो रुँदारुँदै
संसार शुन्य परी गइन् मेरो साथ हुँदाहुँदै

दिउँसै रात पर्‍यो आज साथमा छैन मेरो जीवन
अन्तिम सास फेरिन् उनले हात मैंले छुँदाछुँदै

कस्तो विडम्बना आयो मलाई जे भए नि मान्नै पर्ने
थाहै पाइँन बेहोश भएँछु उनको सिन्दुर धुँदाधुँदै

प्रकृति नै रुन लागिन् मेरो पीडा सहन नसकी
खरानी भो उनको शरीर मेरो आँसु चुँ’दाचुँ’दै

4 Replies to “गजल-८८”

  1. krishna Prasad Maraseni

    प्रकृति नै रुन लागिन् मेरो पीडा सहन नसकी
    खरानी भो उनको शरीर मेरो आँसु चुँ’दाचुँ’दै
    kate marmik cha ye sabda haru
    nice Gazal

Leave a Reply

Your email address will not be published. Required fields are marked *