गजल-९०
मिठो लाग्छ तिम्रो कुरा सुनिदियौं लाग्छ
तिम्रो सामु बसी माया बुनिदियौं लाग्छ,
सोह्र वर्षे उमेर तिम्रो गुलाब झैं बदन्
हाम्रो मुटु एकै ठाउँ तुनिदियौं लाग्छ,
माछी रै‘छ मेरो जीवन तिमी मेरी पानी
संसार त्यागी तिमीलाई जूनी दियौं लाग्छ,
हेराइ तिम्रो कति मिठो मोहनी लगाउने
तिम्रो रुपको वर्णन मनमा गुनिदियौं लाग्छ
wah! wah! kya meetho gajal bhaka.