गजल-९४
आफ्नै देशको वनपाखामा चरेको एक चरी हूँ म,
त्यही माटोमा उकाली-ओराली गरेको एक चरी हूँ म,
शिकारीले खेल्यो शिकार जुन ठाउँमा म खेलें हुर्कें,
शिकारीको गोलीबाट टाढा सरेको एक चरी हूँ म,
निरंकुश त्यो शिकारीले गुलेलिले हान्यो जब,
चुच्चोमा चारो च्यापी नेपाल झरेको एक चरी हूँ म,
जन्म दिने आमाको दुध राम्रोसँग चुस्नै नपाई,
बाध्यतावश पिंजडामा परेको एक चरी हूँ म !