गजल-९७

थुत्तेनदोर्जी ड्रुक्पा / डेनमार्क

फूलरूपी माया मेरो नफक्रँदै झर्नु पर्‍यो
कहाली लाग्दो जिन्दगीमा तड्पी-तड्पी मर्नु पर्‍यो ,

सप्नाहरु धेरै थिए आज सबै टुटी गए
अतीतका कुरा सम्झी हाँस्दा-हाँस्दै रुनु पर्‍यो ,

जति काँड़ा झिकुँ भन्छु उति काँडा बिझी दिन्छ
मनको पीड़ा अन्त्य गर्न अर्कै गाउँ सर्नु पर्‍यो ,

मेरो कथा मेरो व्यथा मैसँग सीमित रह्यो
आखिरिमा मैले यात्रा धेरै लामो गर्नु पर्‍यो ,

एक्लै जन्मे एक्लै हुर्के एक्लै मर्ने अठोट गरें
सागर रुपी लामो यात्रा आफू एक्लै तर्नु पर्‍यो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *