गजल-९८

बासुदेव ओस्ती / क्यानाडा

उनलाई सधैंभरि हेर्छु म त फेसबुकमा
प्रोफायल फोटो पनि फेर्छु म त फेसबुकमा,

मैले प्रेम गर्छु भनें उनको जवाफ आको छैन
चाँडो जवाफ देऊ भन्दै खेर्छु म त फेसबुकमा,

माया गर्छु भन्या छैन के के भन्छिन् के के
जे जे भन्छिन् चुपबसी टेर्छु म त फेसबुकमा,

उनले भन्या जे गरे निः माया गर्ने छाँट छैन
वाक्क भई अरुलाई नै बेर्छु म त फेसबुकमा !

Leave a Reply

Your email address will not be published. Required fields are marked *