गजल-९
घाम पानीलाई मिसाएर बोल्यौ सुस्तरी
एकै पटक रिसाएर बोल्यौ सुस्तरी
शिशिर र बसन्तलाई अलग्यायौ कतिकति
अनि तातो चिसाएर बोल्यौ सुस्तरी
जुन ताराको वर्णनन गरी बेचैन गर्यौ धर्तीलाई
दीयोको प्रकाश घिसाएर बोल्यौ सुस्तरी
सम्झना, बिर्सना दुबै एकै पटक बोल्यौ
फेरि सत्य पिसाएर बोल्यौ सुस्तरी
हरियाली र मरुभूमिको दुरीलाई नियालिरह्यौ
बल्ल पिडा बिसाएर बोल्यौ सुस्तरी
sustari, sahitik yatrama tapahiko pahilaharu chalirahos…best of luck.
…….. बल्ल पिडा बिसाएर बोल्यौ सुस्तरी ….. liked very much.
i am sorry la i don’t khow how to type nepali your gagal was beautiful like u
गजल मन पर्यो मेरो एल्बममा राख्न सक्छु
ओमा! आहा क्या मीठो गजल लेख्यौ, तिमी मेरी प्यारी विद्यार्थी त छदैथियौ, आज आएर तिम्रो गजल को नियमित पाठक पनि बनाएरै छोड्यौ, यो अतुलनीय साहित्यिक यात्राको अविरलाताको हार्दिक मंगलमय शुभकामना स्वीकार गर है.
मैले यो गज़ल बुझ्न नसकेको हो कि यो गज़ल गजलकार ले नै आफुमा निखारता ल्याउन नसकेको ले यसो भएको हो मैले बुझ्न नै सकिन / के मलाई बताई दिन सक्नुहुन्थ्योकी ?