गजल-४३

रोहित सुवेदी / टेक्सास, अमेरिका

तिमीले दिने माया आज साझा भएको छ
पराइलाई तिम्रो माया खाजा भएको छ

अनयासै हुरी चल्यो घरको धुरी ढल्यो
तिम्रो यादमा तड्पिँदा मुटु बाजा भएको छ

सँगै बाँच्ने सँगै जिउने देउरालीको भाका आज
मेरो दिलमा तिम्रो याद ताजा भएको छ

सारङ्गीले रेट्दा मेरो बिरहको गाना
दु:ख पीडा सबै आज राजा भएको छ

One Reply to “गजल-४३”

Leave a Reply

Your email address will not be published. Required fields are marked *