गजल-४९७
तेन्सी योन्जन तामाङ
पेन्सिभेनिया, अमेरिका
पेन्सिभेनिया, अमेरिका
एकातिर माया लगाई अर्को तिर धाउँछौ तिमी
जवानीको प्यास मेट्न जताभावी धाउँछौ तिमी।
ठिक्क पारी भेट्न आउँछौ ब्यबाहार गर्छौ बाङ्गो
सिकारी झैँ तारा लगाई सिकार खेल्न आउँछौ तिमी।
बाठो रहिछौ दुईचार तिर समय मिलाउनुलाई
नजानिँदो जस्तो गरी जाली माया लाउँछौ तिमी।
परिपाठ लाउनलाई खप्पिस छौ कुरा गर्छौ उस्तै
चारै पटी माया लगाई आखिर केनै पाउँछौ तिमी।