गजल – ५०४

नयन चापागाईं
अमेरिका

हरेक बिहान मेरो बस्ती बाट एक लहर जान्छ
दुख खोज्दै एक युवक सहर जान्छ

सानी छोरीलाई बाढीले बगाएकै दिन देखी ऊ
हातमा मिठाई बोकेर सधैँ खोला बगर जान्छ

आमालाई वृद्ध आश्रममा राख्न पटक्कै मानेन
स्वर्ग जान्छु भनी ऊ साँझ घर जान्छ

कैले लगाउन थुपारेका यी नयाँ कपडा?
कात्रोका लागि जाबो कपडा एक धर जान्छ

गरिबी नियन्त्रणको नयाँ नियम अपनाएछ सरकारले
चामलको साटो आजकल बस्तीमा जहर जान्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *