गजल-५२

टंक वयलकोटी / बेलडाँगी

कहिले काहीं तिम्रै आँगन हुँदै हुँदै शहर पसें
तिम्रो माया यो दिलबाट चुँ’दै चुँ’दै शहर पसें

रहर बोकी आस्था खोज्दै मनको भारी बिसाउन
भगवान सम्झी ढुङ्गाहरू छुँदै छुँदै शहर पसें

तिमी हुँदा क्षितिजपारि याद आएपछि यो मन
तिम्रै गाउँको पँधेरीमा धुँदै धुँदै शहर पसें

अन्त्यहीन सागर आखिर तर्दै गर्दा तिमीसँग
साथ छुटी सागरबीच रूँदै रूँदै शहर पसें

One Reply to “गजल-५२”

Leave a Reply

Your email address will not be published. Required fields are marked *