गजल-५६
अर्जुन प्रधान
वर्षा बनी परेलीमा चु’न मन लाग्छ
आँसु बगाई पीडाहरु धुन मन लाग्छ
मौसम जति बद्ले पनि ब्यथा बद्लिएन
उही कथा सम्झी मलाई रुन मन लाग्छ
बिर्सौ भन्छु पुरानो चोट झन बल्झिदिन्छ
किन होला पागल जस्तो हुन मन लाग्छ
एक्लै बसी शून्यतामा त्यसै हराउँदै
च्यातिएको आफ्नै तस्बिर छुन मन लाग्छ