गजल-५७
सारा चीज दीन लाग्छ, देखेर तिम्रो हाल
साँच्चिकै प्राचिन लाग्छ, देखेर तिम्रो हाल
नानी खोज्ने मेरा आँखा, पोखिए तिमीभरि
अलिअलि घिन लाग्छ, देखेर तिम्रो हाल
बाँच्नुमा पनि आनन्द, भन्नै सकिएन
आफै प्राणहीन लाग्छ, देखेर तिम्रो हाल
अघाउँदा रुन्छौ अचम्म, भोकाउँदा हास्छौ
बाँचेकी पो किन लाग्छ, देखेर तिम्रो हाल
आँखा कुहिएर दिमाग, षड्न थाले पछि
काल आयो लिन लाग्छ, देखेर तिम्रो हाल