गजल-६०

अर्जुन प्रधान / अमेरिका

नङ्ग र मासुको सम्बन्ध खास एकै हो
र पछि अनि हुँदै फेरिने दोहोरो सास एकै हो

मन पछि तन मिले बन्छ अन्धकार प्रकाशमय
अचम्म छ, अन्धकारमाथि प्रकाश चल्ने बतास एकै हो

हुँदा–हुँदै दिनपछि महिना अनि वर्ष हुन्छ
उनले टेक्ने धर्ती र मैंले हेर्ने अकाश एकै हो

अन्तमा, जीवन जिउनकालागि रङ्गिन संसार पाँए
त्यसमा शरीर नरहे आत्मा रहन्छ अखिर, लास एकै हो

2 Replies to “गजल-६०”

Leave a Reply

Your email address will not be published. Required fields are marked *