गजल-१२०
अनायसै गरीबका टहरा ढलेपछि
आंसु कहाँ रोकिएर हेर्दा-हेर्दै जलेपछि
घरि-घरि किन थप्छन् पीड़ा माथि पीड़ा
पल-पल नाङ्गिदै जिन्दगीमा गलेपछि
आंसु पीई प्यास मेटी बित्छन् कति रातहरु
दैवले नै टुहूरालाई छल्नुसम्म छलेपछि
थाहा छैन को-को रहे आज फेरि झुपड़ीमा
एक पछि अर्को गर्दै सारा बस्ती बलेपछि !
गज़ल एकदम राम्रो छ, लेख्दै गर्नु होला, साहित्य सम्बन्धि हाम्रो website: http://www.inlscolorado.org हेर्न सबै साहित्यप्रेमीहरुलाई अनुरोध छ
पदम बिश्वकर्मा