गजल-२४३

हरि पराजुली

हरि पराजुली,
झापा, नेपाल

केही जीतका कुरा गरौं, केही हारका कुरा गरौं
अत्याचार र भ्रष्टाचारका खबरदारका कुरा गरौं,

विश्वास घातका कुराहरु जताततै चल्या वेला
प्रतिकारका कुरा छोडी सत्विचारका कुरा गरौं,

दाजु-भाइनै एक आपसमा युद्ध लड्नु पर्ने किन
हतियार छोडी आपसमा केही प्यारका कुरा गरौं,

निमुखा र निर्धा बनी आफू–आफैं गिर्ने होइन,
दासप्रथाको मुक्ति पाउन अधिकारका कुरा गरौं,

कति गर्नु देशका कुरा त्यही मारा-मारका कुरा
केही बेर त बिर्सेर निः श्रृंगारका कुरा गरौं ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *