गजल
पदम आधिकारी ‘हिमशिखर’
बाल्टिमोर, अमेरिका
आखिर न मुटु रेट्दा, न त छाती चिर्दा माया लायौ
कुरेर तिमीलाई नै न त घर फिर्दा माया लायौ,
बद्लियो समय बद्लियो मौसम बद्लियो सबै-सबै
यात्रा भरि ठेस लाग्यो न त बलेँसीमा गिर्दा माया लायौ,
प्याला-प्यालामा नापेर जिन्दगीको हिसाब खोज्छ्यौ किन
त्यागेर भट्टी यसै न त मन्दिर छिर्दा माया लायौ,
मासेर आफ्ना पीडाहरू यसै न त हाँसेरै जिउन सकेँ
बोकेर कमण्डलु न त गेरु वस्त्र भिर्दा माया लायौ…!