गजल

हरि पराजुली
झापा, नेपाल

शहर भित्र खोजी हेर्छौ के छ र शहरमा
तुवाँलोले छेक्छ सधैं सानो तिम्रो रहरमा।

जाली हुन्छन् मान्छेहरु आफन्तकै बंशभित्र
चमत्कारी खेल खेल्छन् मात्तिएर जहरमा।

पैसा-पैसा-पैसाभित्रै ताना तानको खेल खेल्दा
रगत बग्न थाली सक्यो कुलो अनि नहरमा ।

कति देख्नु कति लेख्नु घिन लाग्दो नगर त्यो
शहर भन्दा गाउँ नै राम्रो यो ‘हरि’ को ठहरमा ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *