गजल

गजलकार
गजलकार

लक्ष्मी गौतम
नर्थ केरोलिना-अमेरिका

सपना नि के के देखें चितामाथि हाँसीरा’थें ।
रुँदै थिएँ आफ्नाहरु मचैं फेरि नाचिरा’थें ॥

“हरे ! बास बैकुण्ठको राम नाम सत्य” भने ।
लाश देखे अरुलेचैं मचैं फेरि बाँचिरा’थें ॥

आँसु पुछ्दै बिदा दिए हामी घर फर्क्यौं भने ।
माया मारे सबैले नै मचैं प्रेम साँचिरा’थें ॥

दानी मान्छे भन्या सुनें कस्तो नामी पनि भने ।
लिनु पर्ने कति भनी मचैं औंला भाँचिरा’थैं ॥

Leave a Reply

Your email address will not be published. Required fields are marked *