गजल

दुर्योधन धौराली-न्यूयोर्क, अमेरिका Dhaurali

रुपैमा छ नजर सबको रहर पिरतीको
समाजले देख्छ भन्ने छ डर पिरतीको,

पानी सरि बग्छ माया माया मुटुभित्र
सागर खोजी बढ्दै जान्छ नहर पिरतीको,

मन मुटु मिलेपछि नंगमाशु बन्छ माया
गज़ल सरि रैछ माया बहर पिरतीको,

सपनाको महल बन्छ सुन्दर बन्दै जान्छ झन् झन्
महलको सागर रैछ शहर पिरतीको,

अचानक टुट्छ माया टुट्छ मनमुटु दुईको
वीषसरि पीलाउने रैछ जहर पिरतीको,

माया गाँस्नु मुटुसँग रुपसँग होइन रैछ,
बनोस माया मुनामदन ठहर पिरतीको…!

Leave a Reply

Your email address will not be published. Required fields are marked *