गजलः २५७

कृष्ण भण्डारी ‘काईलो’; आइडाहो, अमेरिका

गजलकार
गजलकार

 

नेटवर्क खराब कि तिमी-टेलिफोन काम आएन,
नेपालैमा रह्यौ तिमी यूएसए-मा घाम आएन ।

अरु कति धेरै जना यतै आउने प्रोसेसमा छन्,
प्रत्येक जिल्ला खोजी गरें तिम्रो किन नाम आएन !

भिड भित्र हराएको आफूलाई एक्लॊ ठान्दै,
प्रतिदिन मेलबक्स हेर्छु साँच्चै तिम्रो खाम आएन ।

सपनिमा सम्म पनि तिम्रो छायाँ देखिँदैन,
शून्यतामा बाँची’रा छु आत्माले धाम पाएन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *