गजल–३०४
“देव लामा”
पानीले नि पोलेर गयो
ढुंगाले नि बोलेर गयो
दुख पनि कति गजपको छ
जिन्दगीमा रंग घोलेर गयो
सहर बजार नाङ्गो हिडी रा’छ
लज्जाले नि छाती खोलेर गयो
कहिले भन्दैन थ्यो,प्रेम गर्छु भनेर ऊ
सुन्छु तर, मुटुभरि मेरै नाम कोरेर गयो ।
(स्वीकारोक्ति सिद्धान्त र स्वीकृत साहित्य)