गजल–३०५
सपनाहरु लुटेर, नाटक गर्छ जिन्दगी,
ऎनासरि फुटेर, नाटक गर्छ जिन्दगी ।
फुटेको छ मानवता ऎनासरि चर्केर,
सतहीमा जुटेर, नाटक गर्छ जिन्दगी।
छातीको चोट आँखाभरि छल्कि रा’छ,
कृतिम हाँसो चुटेर, नाटक गर्छ जिन्दगी।
गोही आँसु झार्दै रुन्छ लाश समाई,
आफ्नैलाई भुटेर, नाटक गर्छ जिन्दगी ।
आफ्नो आङमा हात्ती हिड्छ… , देख्दैन ऊ,
घमण्डले छाती कुटेर, नाटक गर्छ जिन्दगी ।
(स्वीकारोक्ति सिद्धान्त र स्वीकृत साहित्य)