गजल-४०

गजलकार

स्वागत नेपाल
पुतलिसडक ,काठमाण्डौ

तिमीसँग नबोल्नलाई पनि एउटा कुरा चाहियो
हामीबीचका नाता सबै काट्ने एउटा छुरा चाहियो

काटिदियौ मेरा दुबै पाउ अनि हातहरु
तिमीलाई भने हातैभरि सुनका चुरा चाहियो

आधा जीवन पनि आधा वितिसकेपछि तिमी
कहाँ गयौ ? कि तिमीलाई फेरि उही पूरा चाहियो ?

साथ छैन केवल नाता नामसँगै बसिरह्यो
पानी दिने छैन कोही तिमीलाई सूरा चाहियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *