गजल – ३८१

गजलकार
गजलकार

टेक भण्डारी
एडिलेड, अस्ट्रलिया

किस्ता  किस्ता  गरेर जोडेको कस्ती डुबेपछि
काँडाहरू फुलको विरुद्ध एक   भएर जुटेपछि ।

यहाँ  घर्ती डराउँछ,  वसन्त  बलात्कृत हुन्छ
जब मृत्युका  धुनहरू  पात पातमा फुलेपछि।

नदीका   किनारहरू  छाल  बिना  मौन   रहेझैँ
हरेक  जीव  बिरोजगार बन्छन् सम्बन्ध गुमेपछि ।

मानौँ जुन, धाम  ताराबिना पृथ्वी अन्धकार भएझैँ
यहाँ हरेक मन  अँध्यारो  हुन्छ  घातले  पुजेपछि ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *