गजल – ३८९

टेक भण्डारी
एडिलेट, अस्ट्रलिया

अब  त अति  भो  धेरै घात भयो
यहाँ  दिउँसै अन्धकार रात भयो।

जिन्दगी सुन्दर फूल भनेर पढियो
तर  त्यो  त सबै झुटको बात भयो ।

या त  श्रृष्टि  गलत  हुनुपर्छ या त म
हैन भने किन भिन्न भिन्नै जात भयो।

ईश्वरले  पनि  त  भेदभाव  गर्दा   रहेछन्
कतै हाँसो कतै आँसुको किन खात भयो ?

One Reply to “गजल – ३८९”

Leave a Reply

Your email address will not be published. Required fields are marked *