गजल-४१५

नारायण फुएल
पेन्सिलभेनिय अमेरिका

रिस उठेको बेला मलाई धुनको कुरा नगर भो
ल्याउनु भनी आकाशको जुनको कुरा नगर भो ।

आफ्नो स्वार्थ पर्दाखेरि अरूलाई देखाउनलाई
भएभरको धनसम्पति र सुनको कुरा नगर भो ।

लडाइँ गरी दाजुभाइ आफ्ना-आफन्तमा मर्ने
अर्थविहीन बग्ने त्यस्तो खुनको कुरा नगर भो ।

छरछिमेकमा मर्दा-पर्दा काम नलाग्ने मान्छेको
कर्तव्यहीन पशुहरूको गुणको कुरा नगर भो ।

लइनो हुन्जेल पालन पोषण गरीकन गाईको
थारो हुँदा दूध नआउने थुनको कुरा नगर भो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *