गजल-४१२
परमा अधिकारी (कान्छा)
पेन्सिल्भेनिया, अमेरीका
आज सारै गलेको छ सुतोस् दुई-चार घण्टा
मस्त निन्द्रा सपनीमा डुबोस् दुई-चार घण्टा ।
साँझमा जे जे खाए पनि बिहान उठी नुहाएर
कुलको इष्टदेवलाई पूजोस दुई-चार घण्टा ।
संसारभरका सारा खबर मेरो छोरो घरमै बसी
सानो रेडियो बटारेर सुनोस् दुई-चार घण्टा ।
रक्तचाप र चिनी रोग आफैँ आफैँ निको पार्न
चाँडो उठी झिस्मीसेमा कुदोस् दुई-चार घण्टा ।
धेरै भयो विदेशमा एक्लै रात कटाएको
आज भेट भएको छ चुमोस् दुई-चार घण्टा ।