गजल-४१९

पूर्ण नर्जली “जलन”
ओहायो, अमेरिका

सानो हुँदा ताते गर्दै, औँलो समाउनेले ।
बाबासँगै  नुनु  गर्ने,  भन्दै   रमाउनेले ।।

भत्ता खोजी निहुँ खोज्छन्,  नपाएर कुरो ।
पाखुरीमा  बल  छँदा, आफै  कमाउनेले ।।

लुकाएर राखेका छौ, भन्दै गोजी छाम्छन् ।
जति  भएको  भेला गरी,  सबै जमाउनेले ।।

घरबाटै  निकालेर, ढोका लाई  दिन्छन् ।
बुढो  हुँदा सहाराको, लौरो   थमाउनेले

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *