गजल-४१८

यदु युगान्तर राई
राल्ट, नेदरल्यान्डस्

जून तारा दि’सकेँ तिमीलाई, रातको के कुरा?
जिन्दगी दि’सकेँ तिमीलाई, साथको के कुरा?

मन्दिर प्रेमको जहाँ देउता सम्झी तिमीलाई
चढाएँ   फुलको  थुँगा,  पातको  के  कुरा?

माया  ईश्वर  हो  र  ईश्वर  ज्योति  हो भन्छन्
म किरण भई आई सकेँ, प्रभातको के कुरा?

कालो  र   गोरो   किन,  रगत  रातै  छ  भने?
मानवता दि’ सके तिमीलाई, जातको के कुरा?

यो मन त धेरै नै भो तिमीलाई दि’सकेको
मेरो  सर्बाङ्ग  तिम्रै  हो,  हातको  के कुरा?

Leave a Reply

Your email address will not be published. Required fields are marked *