गजल-४२१

नारायण फुएल
पेन्सिलभेनिय, अमेरिका

रिस उठेको बेला मलाई धुनको कुरा नगर भो
ल्याउनु भनी आकाशको जुनको कुरा नगर भो ।

आफ्नो स्वार्थ पर्दा खेरि अरूलाई देखाउनलाई
भएभरको धनसम्पति र सुनको कुरा नगर भो ।

लडाइँ गरी दाजुभाइ आफ्ना-आफन्तमा मर्ने
अर्थ विहीन बग्ने त्यस्तो खुनको कुरा नगर भो ।

छरछिमेकमा मर्दा पर्दा काम नलाग्ने मान्छेको
कर्तव्य हीन पशुहरूको गुनको कुरा नगर भो ।

लइनो हुन्जेल पालन पोषण गरीकन गाईको
थारो हुँदा दूध नआउने थुनको कुरा नगर भो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *