गजल -४२३

खेम रिजाल
ओहायो, अमेरिका

(सङ्गीत:- सत्य -स्वरूप आचार्य;  स्वर:- सत्यराज आचार्य; अल्बम:- पहिलो भेट)

पहिलो भेटमै उनलाई मन पराएको छु
मन  पराउँछु  भन्न   पनि  डराएको छु  ।

ढुकढुकीमा बस्यौ कतै मौनताको प्रीत बनी
लाग्छ  अचेल  तिमीमा  नै  हराएको  छु  ।

देखिएर एकान्तमा फेरि तिमी ओझेल पर्‍यौ
तिमीलाई सम्झी सपनी मै कराएको छु  ।

जिन्दगीमा आइदिन्छौ वसन्तको बहार बोकी
बाँकी  जीवन  तिमी  तिरै सराएको छु  ।

कञ्चन त्यो प्रेमको दीप कोमल स्पर्शले
हृदयमाझ  कुलेसोमा  तराएको  छु   ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *