गीत:४३

गीतकार

“खलानको मान्छे “

लज्जावती झारको यो प्रेम कहानी
कतिले काँडा भने चोखो  जिन्दगानी

बिहानीको सितसंग लजाउने नानी
हिलोमानै कमल फुल्छ तिनी रुपकी रानी
लज्जावती ………………………….
बगैंचाको फूल होइन एकान्तको दियो
औंसी पक्षी उदाउने बाल चन्द्र उनि
पिरतीको दुनियाँमा सुमन पाहाडको
बसन्ती आँकुरा रुप सदाबहार फूलको
लज्जावती …………………………..
पर्खाइमा आफ्नो जीवन सम्हालेकी उनि
बटुवाले चढाउला कि देउरालीलाई भनी
लज्जावती…………………………..

 

One Reply to “गीत:४३”

Leave a Reply

Your email address will not be published. Required fields are marked *