गीत: टिप्दै हिँडेँ फूलहरू

खेम रिजाल
सिन्सिन्यटी ओहायो

यौवनको आवेगमा टिप्दै हिँडेँ फूलहरू
लेखाजोखा छैन अझै कति भए भुलहरू

उदारिनु एकातिर पश्चात्ताप छ अर्कातिर
मौनताले डसिरहन्छ मन भरी पिरै पिर
प्यास मेट्न जवानीको फुट्दै गए मूलहरू
लेखाजोखा छैन अझै कति भए भुलहरू

भेटिनु र छुटिनु सम्झनाका तातिहारू
अब उसो तीनै भए एकान्तका साथीहरू
भङालो भई सलबलायो कतै थापेँ पुलहरू
लेखाजोखा छैन अझै कति भए भुलहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *