गीत (प्यारोडी)

टन्ङ्क आचार्य
केन्टकी, अमेरिका

भित्र गुन्द्रुक उमाले बाहिर रुमाले
त्यसै गाली गर्‍या होइन तिम्री आमाले।

आफू नाच्न जान्नु छैन आँगन टेडो भन्ने
आफ्नू ज्युको भैँसी छाडी अरूको जुम्रा गन्ने ।
भित्र गुन्द्रुक उमाले बाहिर रुमाले
त्यसै गाली गर्‍या होइन तिम्री आमाले  ।

रातभर अनलाइनमा च्याट गर्दै बस्ने
दिनभरि छेपारो झैँ तिघ्रा फर्काई सुत्ने ।
भित्र गुन्द्रुक उमाले बाहिर रुमाले
त्यसै गाली गर्‍या होइन तिम्री आमाले ।

खान नपाएर मुसो कपडा काटी गयो
त्यही पनि आजकल तिमीलाई फेसन भयो।
भित्र गुन्द्रुक उमाले बाहिर रुमाले
त्यसै गाली गर्‍या होइन तिम्री आमाले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *