गीत-३७

लक्ष्मण रसाइली
हाल: बेलडाँगी
छाप्रो पनि छोड्यो आखिर रुँदारुँदै साइँलाले
नोकर सरह छोड्यो घर हुँदाहुँदै साइँलाले
जान्न भन्थ्यो खान्न भन्थ्यो पराइको पानी पनि
जसको दाना उसकै पानी लान्छ जब तानी तानी
गला दाम्लो कसे पछि के पो गरोस साइँलाले
छाप्रो पनि छोड्यो आखिर रुँदारुँदै साइँलाले
भाईहरूको भविष्य त्यो जसै भताभुङ्ग थियो
आमा बाउको अन्तिम इच्छा त्यसै लथालिङ्गै थियो
बहिनीको बिलौनामा कति रोओस साइँलाले
छाप्रो पनि छोड्यो आखिर रुँदारुँदै साइँलाले
[गीतकार गोलधापबाट बेलडाँगी स्थानान्तरित भूटानी हुन् -सं.]
laxman dai वेरी गुड सोंग. कीप going