गीत
राम गुरुङ
अट्लान्टा, अमेरिका
तिमी जति भई दियौ टाढा
मेरो माया झन् भयो गाडा
कहाँ छौ भनन मायालु
कहिले आउदैछौ भेट्न मायालु ?
कति सम्झाऊँ यो मनलाई बुझ्दै न बुझ्ने भो
कति लगाऊँ मलमपट्टी यो घाऊ नसुक्ने भो
कसलाई सुनाऊँ मनको व्यथा कोहि छैन सुनिदिने
त्यसैले आइदेऊ झट्टै मायालु |
कस्तो माया दियौ तिमीले भुल्नै नसकिने भो
कस्तो साथ रोजें मैले भेट हुनै गाह्रो भो
कसलाई सुनाऊँ यो कथा मैले कोहि छैन सुनिदिने
त्यसैले आइदेऊ झट्टै मायालु |