गीत

puranaghare
पुरानाघरे/ अमेरिका

कस्तो भाग्य लिई आयौं दुःखैदुःख गरिन्छ कि
छोटै लाग्छ आयू पनि यस पालि नै मरिन्छ कि

अकालैमा बाबा बिते बालकैमा आमा मरिन्
गोली लागी बाबा ढले बलात्कारमा आमा परिन्
हुर्हुरी आगो बल्यो हेर्दा हेर्दै घर नै जल्यो
कस्तो कर्म लिई आयौं बाडी जस्तै आस्था बग्यो

कस्तो भाग्य…………………..

लाला–बाला धेरै थियौं कुशासनले भाग्य लुट्यो
उठ्ताखेरी देशै उठ्यो बस्दा बगर कर्म फुट्यो
जस्तो विगत त्यस्तै आगत जता पनि भर छैन
अझै विदेश गिर्नु भन्छन् आफ्नो भन्नु केही रैन

कस्तो भाग्य………………..

One Reply to “गीत”

Leave a Reply

Your email address will not be published. Required fields are marked *