गीत

गीतकार
गीतकार

क्षितिजको मित्र प्रकाश धमाला
एडिलेड, अष्ट्रेलिया

ताराका गहना जुनको टीको तिमीलाई दिउँला
बादलको बर्को घर्तीको आसन तिमीलाई दिउँला
यो शून्य ठाउँमा विरहको भाका समाई सुनाउँला
नभए प्रिय दुइ थोपा चिनो आशुको थमाउँला

सुखको सपना बुनेर तिमीलाई दिन कहाँ सक्छु र
नौ तले घर, धनको बस्ति लान कहाँ सक्छु र
तर म लान्छु मनको घरमा , मनको बस्तीमा
जहाँ तिमी रम्छौ पवनको सुर चराको गीतमा
प्रेमको प्रतीक गुलाफ टिपी शिरमा सिउरिउँला
नभए ………………………

यो साथ छुटे नरुनु तिमी बाँच्नु है घाम भै
जलेर आफू दिएर प्रकाश यो सुन्दर संसारलाई
म हेरी रहुँला आकाशबाट तिमीलाई बिहानी
डडेलो लागे मनमा तिम्रो झरुँला भै पानी
तिमीले टेकेको गोरेटोसंग मितेरी गासुँला
न भए ………………

One Reply to “गीत”

Leave a Reply

Your email address will not be published. Required fields are marked *